हमासले २० जना जीवित बन्धक रिहा गर्यो
काठमाडाैं | असोज २७, २०८२
तस्बिर फाइल
काठमाडौं: गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले २ वर्षदेखि आफ्नो कब्जामा राखेका २० जना जीवित बन्दीलाई रेडक्रसको जिम्मा लगाएको छ ।
सोमबार बिहान सुरूमा सातजनालाई रिहा गरेको हमासले अन्तिम १३ जना जीवित बन्धकहरूलाई रेडक्रसको जिम्मा लगाइएको हिब्रु भाषाका मिडियाहरूले जनाएका छन्।
यससँगै अब हमासको नियन्त्रणमा कुनै पनि जीवित बन्धक बाँकी नरहेको जनाइएको छ। उता नेपाली युवक विपिन जोशीको अवस्थाबारे अहिलेसम्म मृत्यु भएको या जीवित रहेको खुलेको छैन ।
उनका दाजु किशोर जोशीले इजरायली अधिकारीसँगको कुराकानीका आधारमा बताएअनुसार विपिनलाई हमासका सदस्यले अझै सुरूङभित्र खोजिरहेका छन् ।
तर अहिलेसम्म उनी जीवित या मृत रहेको केही खुलेको छैन । हमासले पनि विपिनलाई जीवित या मृत दुवै सूचीमा राखेको छैन । यस्तो अवस्थामा उनको वास्तविक अवस्था खुल्न नसकेको हो ।
इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले केही सञ्चारमाध्यधलाई इजरायली अधिकारीहरूले विपिनको निधन भइसकेको भनेर अन्तर्वार्ता दिएका छन् । तर विपिनको एकीन अवस्था के हो भन्ने जवाफ हमासले अहिलेसम्म दिन सकेको छैन । हालसम्म इजरायली रक्षा बल ९आईडीए० र रेडक्रसले यसबारे औपचारिक पुष्टि गरेका छैनन्।
हमासले दक्षिणी गाजाबाट बाँकी १३ जीवित बन्धकहरू हस्तान्तरण गरेको हो । २८ जना बन्धकका शवहरू अझै पनि उक्त हमासको नियन्त्रणमा छन् । केहीको शव सोमबार नै इजरायलमा हस्तान्तरण गर्ने योजना छ ।
मुक्त गरिएका २० जना बन्धक
एल्काना बोहबोट, माटान एङ्ग्रेस्ट, अविनातान ओर, योसेफ–हाइम ओहाना, एलोन ओहेल। एभ्यातार डेभिड, गाइ गिल्बोआ–दलाल, रोम ब्रास्लाभ्स्की, गाली बर्मान, जिभ बर्मान, एइतान मोर, सेगेभ काल्फोन, निम्रोड कोहेन, म्याक्सिम हर्किन र एइतान होर्न।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

